वि.सं:
नेपाल संवत: ११४६ चौलाथ्व एकादशी - ११
कारागार कार्यालय उदयपुर,
कारागार कार्यालय उदयपुर नेपाल सरकार गृह मन्त्रालय कारागार व्यवस्थापन विभाग अन्तरगत रहेका देशभरिका कारागारहरु मध्य उदयपुर जिल्ला स्थित एक कारागार कार्यालय हो । नेपालमा कारागारको इतिहास सदर जेल हालको केन्द्रीय कारागार कार्यालय स्थापना भएसँगै सुरु भएको पाइन्छ । उदयपुर जिल्लाको गाईघाट, वोक्से स्थित यस कारागार कार्यालयको स्थापना २०३५ सालतिर जिल्ला प्रशासन कार्यालय अन्तरगतको कारागार शाखाको रुपमा भएको हो । सुरुवाती कालमा पुरुष वन्दीगृहमात्र रहेको यस कार्यालयमा हाल पुरुष (१) र महिला (१) वन्दीगृह रहेका छन् । कुल एक विगाहा १४ कठ्ठा क्षेत्रफलमा फैलिएको यस कारागारमा २ वटा व्लक केहि प्रहरी व्यारेकहरु र एक प्रशासनिक भवन रहेको छ । न्यायिक निकायबाट आएका कैदि र वन्दीहरुलाई वुझिलिई पुर्पक्ष वा कैदभुक्तान गराउने र आदेशानुसार निजहरुलाई थुनामुक्त गर्ने यस कार्यालयको प्राथमिक दायित्व रहेको छ ।